सिरहाको कल्याणपुरमा कम्युनिष्ट ले गारयो किल्ला,८२५ मत सहित बिजय ।

 सिरहा     १५ मंसिर २०७६, आईतवार ०७:५५     237 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । मंसिर १५ गते ।

सिराहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिजय भएका छन ।

(नेकपा) पार्टी बाट उम्मेदवारी दिएका वडा अध्यक्ष पदका दावेदार दिलीप कुमार यादव ८२५ मत प्राप्त गरि बिजय भएका छ्न ।

यता मतपरिनाम आए संगै कल्याणपुर को ग्रामिण बाट नेकपा पार्टीले बिजय र्‍याली निकालेको छ । आफ्नो पार्टी बिजय भएको खुशिमा नेकपाका नेता तथा कार्यकर्ताहरु अबिर,माला सहित कल्याणपुर नगरको विभिन्न भागमा परिक्रमा गरिरहेको नेकपा पार्टीका एकजना कार्यकर्ताले जानकारी दिएको छ ।

त्यस्तै राजपा नेपालका प्रदीप कुमार महतो ६५४ ,नेपाली कांग्रेस का राजकुमार मुखिया ६५४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

कल्याणपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ३ हजार ४ सय ५० मत खसेको थियो ।