सिरहामा ६ ग्राम ब्राउनसुगर सहित एक युवक प्रहरीको फन्दामा ।

 मुकेश कुमार यादव     १६ माघ २०७६, बिहीबार १९:३९     187 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा, माघ १६ गते ।

सिरहाको गोलबजार ६ बाट ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले ६ ग्राम ४ सय मिलिग्राम ब्राउसुगर सहित २१ वर्षिय सुरेश साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इन्सपेक्टर जनक पुरिले जनाए ।
विशेष सुराकीको आधारमा प्रहरी टोलीले साहको घरबाटै विक्रिको लागि राखिएको ब्राउसुगर सहित दुई थान मोवाईल र दुई हराज ६ सय ५० रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका साहलाई इप्राकामा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । करिव एक महिना अघि पनि लागुऔषध मुद्दाको पोलुवामा परेका साह एक लाख ४० हजार धरौटीमा छुटेका थिए ।



domain register price