सिरहाको अधिकाँश प्रमुख गुह खादै ?, सवल नेपाल लुटतन्त्रमा नक्कली वील बनाएर कारोबार ।

 सिरहा     २७ माघ २०७६, सोमबार ०९:०८     71 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । माघ २७ गते ।

लहान । सरसफाई अभियान कसिलो छ । तर, अवस्था कमजोर । २०७४ चैत्र ९ गते सिरहा जिल्लालाई प्रदेश २ कै पहिलो खुला दिशामुक्त क्षेत्र घोषणा गरियो । आज दूई बर्षमा सरसफाईले उल्टो गति लिएको छ । खुला दिशा गर्नेको सँख्या बढेको छ । ६० प्रतिशतले मात्र चर्पीमा दिशा गरिरहेको आज डिवाससीसीको बैठकमा तर्क चलेको छ ।
सरसफाई अभियानपछि स्वच्छता अभियान चलाउँनुपर्ने ठाउँमा एनजिओ आईएनजिओले करोडौ खर्च गरेर विदावारी लिएको छ । अवस्था पूनः पुरानै भएको छ । खुला दिशा व्यापक बढेको छ । सरसफाई अभियान समाप्त भएपछि स्वच्छा अभियान अर्थात पूर्ण खुला दिशामुक्त अभियान स्थानीयतहलाई जिम्मा लगाएर पन्छिएको छ ।
उता, स्थानीयतहका जनप्रतिनिधिहरु डिवाससिसीको बैठकमा समेत उपस्थिति हुँदैन । जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरका अध्यक्षतामा भएको बैठकमा धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी, सिरहा नगरपालिकाका प्रतिनिधि उपस्थिति भएका थिए । जहाँ सिरहाका १७ स्थानीयतहका प्रमुख डिवाससिसीका सदस्य हुन । स्थानीयतहका प्रमुखहरु नै डिवाससिसीको बैठकमा पुग्दैन । अनि स्वच्छता अभियान उल्टो गति लिनु स्वभाविक नै हो । आजको बैठकमा हात धुने बानीको विकास समेत नभएको चर्चा चलेको छ । यसमा सिरहाका ९० प्रतिशत मानिस हात धुन नजाने सार्वजनिक गरेको छ । त्यसमा पनि स्थानीयतहका प्रमुख उपप्रमुख हात धुन नजानेको दावी गरिएको छ । उनीहरु दिउँसै दिशा (गुह) खाएर रोग पाल्दै आएको छ । यसैबीच सवल नेपालले सिरहाको कल्याणपुर, सिरहा र कर्जन्हा नगरपालिकामा सरसफाई र स्वच्छतामा काम गर्दै आएका छन् । सवल नेपालको काम कमजोर रहेको र नक्कली वील बनाएर कारोबार गरिरहेको खुलासा भएको छ । सरसफाईको नाममा सवल नेपालले खुला लुटतन्त्र चलाएको छ । यसलाई निगरानीमा ल्याउँन जिल्ला समन्वय समिति सिरहा सक्रिय हुनुपर्ने माग उठेको छ ।



domain register price