बीरगञ्जका एक जनामा कोरोना भाइरस भएको पुष्टी, प्रदेशबासी चिन्तित ।

 सितल झा ।     ९ चैत्र २०७६, आईतवार २०:३०     77 जनाले पढ़िसके


बीरगञ्ज ९ चैत । बिश्व स्वास्थय संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताउँदै आएकोमा एक जनामा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको छ । केही दिन अगाडी नेपालमा एक जनामा भेटिएको कोरोना भाइरसले गर्दा नेपालमा पनि त्रास उत्पन्न भएको थियो । आज आइतबार नेपालमा फेरी एक जनामा संक्रमण भेटिएको छ ।

 

प्रदेश २ मा भेटिएको कोरोनाले गर्दा अहिले प्रदेशबासी चिन्तित बनेका छन । प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगर बस्ने ६७ वर्षीय शिवकुमार रुंगटा केहीदिन अगाडी देखी ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्याबाट ग्रसित थिए । बिरगञ्जकै गण्डक अस्पतालमा उपचार गराउन गएकोमा उनलाई पटना रेफर गरिएको थियो । पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टी गरेको छ । भारतबाट सात दिनपहिले रुंगटा नेपाल आएका थिए ।

उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अहिले आइसोलेसनमा राखिएको छ । साथै उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखेको छ । यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत रुंगटामा कोरोना भएको जानकारी आएको छ र यस सम्बन्धमा थप जानकारी लिईरहेको बताउनुभयो ।