काठमाडौं आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण, महिला संगै आउनेहरुको खोजी गरिँदै ।

 काठमाडौं     १० चैत्र २०७६, सोमबार १४:३३     315 जनाले पढ़िसके


काठमाडौं, १० चैत । काठमाडौं स्थित एक महिलामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी महिलामा कोरोना भाइरस देखिएको जानकारी प्राप्त भएको हो ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उक्त महिलामा कोरोना भाइरस कोभिड–१९ पोजेटिभ देखिएको हो ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको बताइएको छ । उनको बारेमा विस्तृत जानकारी भने केहि पनि खुलाएको छैन ।

केही दिन अगाडी नेपालमा एक जनामा भेटिएको कोरोना भाइरसले गर्दा नेपालमा पनि त्रास उत्पन्न भएको थियो । अहिले उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । आज सोमबार फेरी कोरोना संक्रमित एकजना व्यक्ति काठमाडौंमा फेला परेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी पुष्टि गर्नुभयो ।

यता कोरोना भाइरस कोभिड–१९ लाई रोक्न सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक हप्ताका बन्द गरिएको छ । अन्तर्रा्ष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको हो ।



domain register price