कल्याणपुर न.पा. ११ का वडा अध्यक्ष यादवको कार्य उदाहरणीय ।

 सितल झा ।     १५ चैत्र २०७६, शनिबार १५:०५     489 जनाले पढ़िसके


सिरहा, १५ चैत । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वार्ड नं.११ का वडा अध्यक्ष राजेश्वर यादवले कोरोना माहामारी विरुद्ध अभियान थालेका छन ।
प्राप्त जानकारी अनुसार अध्यक्ष यादवको नेतृत्वमा रहेको टोलिले वार्डको घर-घरमा साबुन र मास्क वितरण गरेका छन ।

जनप्रतिनिधिको मुख्य दायित्व नै आपत बिपतको समयमा जनताको काँधमा काँध मिलाइ विपतसंग लडनु पर्ने सोंचका साथ वडाअध्यक्ष यादवले कोरोना माहामारी नियन्त्रणको लागि वडाको प्रत्येक घरमा गइ जनचेतना फैल्याउन कार्य समेत गरेका हुन । उक्त अभियान जारी रहने भन्दै नेता यादवले जनतालाई आइ पर्ने कुनै पनि संकटमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

वर्तमानमा कोरोना माहामारीबाट पार पाउनु नै हर-एक जिम्मेवारको पहिलो र अन्तिम लक्ष्य रहेको बताउंदै नेता यादवले भने , ” अहिले आपतको घडी हो र यस्तो समयमा म आफ्नो वडावासीलाइ आइपरेको समस्या टार्न र विपतबाट पार पाउन हर सम्भव सहयोग गर्नेछुं ।”
स्मरणीय छ कि मिथिला मधेशको गाउँ गांउका नागरिकहरु अझै पनि सचेत हुन नसकेको अवस्थामा अध्यक्ष यादवको कार्यलाइ उदाहरणीय मानेर अन्य वडा एवम गाउंपालिका/नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुले केही सिक्नु पर्ने देखिएको छ ।



domain register price