कल्याणपुरमा आगलागी : विपक्षिहरुले पेट्रोल छर्केर आगो लगाएको नेता साहको आरोप ।

 मुस्कान समाचार डेस्क ।     २१ चैत्र २०७६, शुक्रबार ११:०५     659 जनाले पढ़िसके


सिरहा , २१ चैत । सिरहा जिल्लाको कल्याणपुरमा आगलागी भएको छ । कल्याणपुर नगरपालिका वार्ड नं ११ स्थित टुनटुन भनिने बासुदेव ठाकुरको घरमा बितेको राती करिब १ बजे आगलगी भएको हो । आगलगिमा परि एउटा स ४ प ४४२५ नम्बरको हिरोहोण्डा कम्पनिको सुपर स्प्लेन्डर मोटरसाइकल जलेर नष्ट भएको छ भने गाइगोठमा रहेको एउटा भैंसी दुइटा बाछो पोलेर गंभिर घाइते भएको छ ।

नेकपा का स्थानीय नेता रहेको ठाकुरको घरमा विपक्षीहरुले योजना बनाएर आगजन्नी गरेको युवासंघ नेपाल का केन्द्रिय सदस्य बैधनाथ साहले दावी गरेका छन । उनले भने -” यो आगलागी होइन षड्यन्त्र पुर्वक पेट्रोल छर्केर आगो लगाएको हो ” यता सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासिको सहयोग मा आगलागी नियन्त्रणमा आएको थियो । आगलगिको घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।



domain register price