बैशाख १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय ।

 मुस्कान समाचार डेस्क ।     २५ चैत्र २०७६, मंगलवार १९:२०     184 जनाले पढ़िसके


काठमाडौं, २५ चैत ।  कोरोना भाइरस महामारी विश्वभर फैलिरहेको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार अर्थात आज बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

यस अगाडि बैशाख ३ गते सम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको थियो ।



domain register price