( माछापुच्छ्रेको कल्याणपुर शाखामा लकडाउनको धज्जी उडाइंदै ।

 सितल झा ।     ५ बैशाख २०७७, शुक्रबार १३:५२     273 जनाले पढ़िसके


लापरवाही गर्ने विरुद्ध कानुन बमोजिम कारवाही गरिने ः अध्यक्ष यादव ।

मुस्कान समाचार डेस्क । सिरहा ५ बैशाख । सिरहाको कल्याणपुर न.पा. ११ स्थित माछापुच्छ्रे बैंकको शाखा सरकारले जारी गरेको लकडाउनको निर्देशन विपरित संचालित रहेको पाइएको छ । कोरोना वायरसको महामारीलाइ मध्येनजर गर्दै सरकारले तेश्रो पटक बैशाख १५ गत्ते सम्मलाई जारी गरेको निर्देशनको धज्जी उडाइंदै बैंकमा सेवाग्राहीहरुको घुँइचो नै देखिएको हो ।

 

कम्तिमा तीन फिटको सामाजिक दुरि अनिवार्य रुपमा पालना गर्नु पर्ने भएपनी शुक्रवार बिहानदेखी दर्जनौ सेवाग्राहीहरुले एक अर्कासंग शारीरिक दुरि पनि कायम नगर्नुले बैंकको चरम लापरवाही रहेको उदाँगो भएको छ । कोरोना बाट बाच्न कुनै प्रकारको सावधानी अपनाएको समेत देखिएन । समाचार संकलनको क्रममा स्थानीय संचारकर्मीहरुले शाखाको लापरबाही बारे इलाका प्रहरी कल्याणपुर लाई खबर गरेपछी प्रहरीले तत्कालै भिड भाडलाई व्यवस्थित गरेको हो । यता शाखाका मैनेजर दिपेश कर्णले आज अचानक यत्ती भिड कसरी भयो भन्दै आफू पनि अचम्भित बनेको बताए । कोरोना महामारी नियन्त्रण गर्न हामी सबै संवेदनशिल बन्नै पर्ने स्विकार गर्दै म्यानेजर कर्णले अब उपरान्त यस प्रकारको गल्ती नहुने प्रतिबद्धता व्यक्त गरेका छन ।

यता वडा अध्यक्ष राजेश्वर यादब ले घटनाबारे जानकारी पाए लगत्तै बैंक मा पुगेर सम्झाइ बुझाइ समाजिक दुरि मेन्टेन गर्न निर्देशन दिएको बताए । अध्यक्ष यादब ले सर्वसाधारण लाई किनमेल गर्न बैंक संचालनमा ल्याउनु राम्रो भएपनी समाजिक दुरि कायम गर्न जरुरी रहेको बताए । उनले अबउपरान्त यस प्रकारको लापरवाही गरिए कानुन बमोजिम कारवाही गरिने चेतावनी दिंदै महामारीबाट जोगिन सपै पक्ष एकजुट भएर लड्नुको बिकल्प नरहेको प्रष्ट गरे ।

 



domain register price