बित्तिय संस्थाहरुले लकडाउनको पालना गराउन सकेनन

 सितल झा ।     २८ बैशाख २०७७, आईतवार १३:०२     217 जनाले पढ़िसके


सिरहामा सामुदायिक संक्रमण फैलिने सम्भावना (भिडियो सहित)

मुस्कान समाचार डेस्क । सिरहा २८ बैशाख । सिरहा सदरमुकाम सिरहा स्थित बित्तिय संस्थाहरुले लकडाउनको धज्जी उडाउंदै गरेको देखिएको छ । कोभीड—१९ कोरोना भायरस महामारी फैलिन नदिन सरकारले लकडाउन जारी गरेको छ । बैंक तथा बित्तिय संघ संस्थाहरुलाई तोकिएको समयमा संचालन गर्ने अनुमती दिईए पनि समाजिक दुरीको पुर्ण पालना गर्नु पर्ने निर्देशन समेत जारी भएको बेला सिरहा अस्पताल नजिकै रहेका आईएमई लगायतका संस्थाहरुमा समाजिक दुरी त परै जाओस शारीरिक दुरी समेत लागु नगरि सेवाग्राहीहरुको भिडभाड गरेको देखिएको हो ।

स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा समेत सामाजिक दुरीको पालना नहुनु बालबालिका देखि बृद्ध सम्म एकै ठाउँमा भिड गरेको देखिनुले सिरहा प्रशासनको पोल खोलेको छ भने स्थानीय सरकारहरुको निकम्मापन र गैरजिम्मेवारीपनलाई समेत उदाँगो पारेको छ । बित्तिय संस्थानहरुले लापरवाही र स्थानीय प्रशासनको गैरजिम्मेवारपुर्ण रवैया जारी राखे सिरहामा सामुदायिक रुपमा संक्रमण फैलिने अत्याधिक सम्भावना रहेकोले यस प्रति सम्बन्धित सम्पुर्ण वर्ग सचेत हुनु आजको आवश्यकता रहेको स्वास्थ्यकर्मीहरुको धारणा रहेको छ ।

भिडियो



domain register price