प्रेस विज्ञप्ति,जस्ताको त्यस्तै

 मुस्कान समाचार डेस्क ।     २८ बैशाख २०७७, आईतवार १८:४३     1090 जनाले पढ़िसके


श्रीमान् सम्पादक÷पत्रकारज्यूहरु

विषय ः— प्रेस विज्ञप्ति
काठमाण्डौबाट संचालित एभीन्युज टेलिभिजनबाट २०७७ साल बैशाख २६ गते बिहानको समयमा काभ्रेपलान्चोकको साँगा भन्ने ठाउँको स्थलगत रिपोर्ट प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
केदार कोइरालाद्वारा तयार पारिएको सो रिपोर्टमा झा ब्रदर्स मिडिया हाउस प्राईभेट लिमिटेडद्वारा संचालित रेडियो मूस्कानका अध्यक्ष सवार भएको गाडीबारे भ्रामक र तथ्यहिन सामग्री प्रस्तुत गरिएको प्रति हाम्रो खेद छ ।
अचानक बिग्रिएको ट्रान्समिटर लगायतका सामग्री लिन स्थानीय जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सरोज प्रसाद गुराँगाई समेतको उपस्थितिमा सवारी पास र मौखिक आश्वासन पश्चात मात्रै काठमाण्डौ जान लागेको सवारी साधन बारे भ्रामक रुपमा समाचार सम्प्रेषणले हामीलाई दुखित तुल्याएको छ भने मोफसलको पत्रकारिता प्रतिको केन्द्रको दृष्टिकोण पनि उदाँगिएको छ । लकडाउनको बेला रहरले होइन बाध्यताले उल्लेखित सामग्रीहरु काठमाण्डौमा मात्रै उपलब्धताको बाध्यता कतै कुनै मिडियाकर्मीहरुसंग लुकेको कुरो होइन ।
सवारीमा टाँसिएको प्रेस सहितका फुटेज देखाई भ्रामक र तथ्यहिन सामग्री प्रस्तुत गरिएको छ भने रेडियो मुस्कानका संचालक एवँ प्रालिका अध्यक्ष सितल कुमार झाको प्रतिक्रियामा समेत काटछाँट गरेको दुखेसो झाले पोखेका छन । उनले भने —‘ गाडीमा हामीहरु रेडियोका एकाउन्टेन्ट , म सवारी चालक एवं गाडी मालिक जो कि आफु नगई पहाडको बाटोमा आफ्नो गाडी लान नदिने भएकोले बाध्यताबश हामी चार जना भयौं , लकडाउनको समय छ अहिले सामाजिक दुरी पालना गर्नु पर्छ र हामीले बाटोमा कहिँ कतै नरुकि लगातार रुपमा काठमाण्डौ तिनकुनेमा गई रेडियो सामाग्री लिने र फर्किने कार्यक्रम बनाएका थियौं , तर दुर्भाग्य एभीन्युजले यस्ता कुरो बुझन र प्रस्तुत गर्न सकेनन तर हाउडे तालमा दुरुपयोग भएको लेख्यौ , मिडिया हो कि अन्य ? ’ ‘हो मलाई हतारो थियो त्यसैले मैले गाडी मालिकको कुरो बाध्यताले मान्नु प¥यो र बिहान काठमाण्डौ पुगेर मालिक र चालक गरि दुई जना चालकले आलोपालो गरि बेलुका सम्म पुनः सिराहा पु¥याउँछ र प्रजिअले केही परे सम्बन्धित जिल्लाका प्रजिअसंग सहकार्य गरिदिने भन्ने आश्वासन पश्चात काठमाण्डौ हुँकिएको थिँए तर साँगा नपुग्दै रोकिएको र अन्ततः सामग्रीहरु ईन्जिनियर प्राविधिक सुदर्शन पोखरेलज्युले साँगा सम्म पु¥याउनु परेको थियो ।’
‘ तसर्थ यस प्रकारका भ्रामक , तथ्यहिन र समाजमा अफवाह फैलाउने गरि गरिएको समाचार सम्प्रेषणले समग्र पत्रकारिता जगत नै बदनाम हुने र पत्रकारिता जगतमाथि सर्वसाधारणको विश्वासमा कुठाराघात समेत भएको हाम्रो बुझाई छ । त्यसैले कानुन बमाजिम हदै सम्मको कारवाही हुनु पर्ने हाम्रो मांग छ ।’ — अध्यक्ष झाले बताए । उनले यस सन्दर्भमा नेपाल प्रेस काउलन्सिलमा उजुरी समेत दिएको उल्लेख गरेका छन ।

सितल कुमार झा (अध्यक्ष)
झा ब्रदर्स मिडिया हाउस प्रा.लि.(रेडियो मुस्कान,सिरहा)



domain register price