एभीन्यूज टेलिभिजनलाई स्पष्टिकरण पत्र

 मुस्कान समाचार डेस्क ।     ११ जेष्ठ २०७७, आईतवार १४:०९     202 जनाले पढ़िसके


तीन दिन भित्र जवाफको मांग

कारवाही नभए कानुनी लडाई जारी रहने ः अध्यक्ष झा

मुस्कान समाचार डेस्क, जेठ ११ गते । सिरहा । प्रेस काउन्सिल नेपालले काठमाण्डौ स्थित एभीन्यूज टेलिभिजनलाई कारवाही प्रक्रिया अघि बढाएको छ । झा ब्रदर्स मिडिया हाउस प्राईभेट लिमिटेड सिरहाले एभीन्यूज टेलिभिजनले भ्रामक र तथ्यहिन समाचार प्रशारण गरेको भनि कारवाहीको मांग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएपछि काउन्सिलको ध्यानाकर्षण भएको हो ।

काउन्सिलले २०७७÷०२÷०९ गते टेलिभिजनलाई पत्राचार गरि पीडितको उजुरीलाई आधारमानि स्पष्टिकरण मांग गरेको छ । काउन्सिलले यस पत्रको जवाफ दिन टेलिभिजनलाई आदेश जारी गर्दै तीन दिनको समय सीमा तोकेको छ । रेडियो मुस्कानका अध्यक्ष शितल झाद्वारा काउन्सिलमा दर्ता गराईएको उजुरीमा भनिएको छ —‘अचानक बिग्रिएको ट्रान्समिटर लगायतका सामग्री लिन स्थानीय जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सरोज प्रसाद गुराँगाई समेतको उपस्थितिमा सवारी पास र मौखिक आश्वासन पश्चात मात्रै काठमाण्डौ जान लागेको सवारी साधन बारे भ्रामक रुपमा समाचार सम्प्रेषणले हामीलाई दुखित तुल्याएको छ ’ ‘ रेडियो मूस्कानका अध्यक्ष सवार भएको गाडीबारे भ्रामक र तथ्यहिन सामग्री प्रस्तुत गरिएको प्रति हाम्रो खेद छ ।’—काउन्सिलमा दिईएको उजुरीमा उल्लेख गरिएको छ ।

स्मरणीय छ कि गत बैशाख २६ गते काभ्रेप्लान्चोकको सांगामा एभीन्यूज टेलिभिजनका केदार कोइरालालाले सवारीमा टाँसिएको प्रेस सहितका फुटेज देखाई भ्रामक र तथ्यहिन सामग्री प्रस्तुत गरि एकातर्फ रेडियोको कामकाजमा अवरोध पु¥याएको छ भने अर्को तर्फ काठमाण्डौको मिडियाले मोफसललाई मिडिया नै नगन्ने प्रवृति नांगिएकोले विभेदको पराकाष्टा नाँघेको दुखेसो समेत पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

यता काउन्सिलको ध्यानाकर्षणले हाम्रो मनोबल उच्च बनाएको प्रतिक्रिया दिंदै अध्यक्ष झाले भने —‘ काउन्सिलको कदमले हाम्रो घाउमा मल्हम लगाएपनि एभीन्यूजले गरेको गल्तीको सजाय भने ‘स्पष्टिकरण’ले मात्रै पुग्दैन , जब सम्म कानुन बमोजिम कारवाही गरिन्न तब सम्म पित्त पत्रकारित गर्नेहरु कदापि भयभित हुनेछैनन । तसर्थ पत्रकार आचार संहिताको समेत ख्याल नगर्ने समाजका चौंथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई नै बदनाम गर्ने खालको क्रियाकलाप गर्ने जो सुकैलाई पनि कडा कारवाही गर्नू पर्छ । ’ एभीन्युज टेलिभिजनका प्रस्तोता केदार कोइराला र टेलिभिजनबाट प्रशारित भ्रामक समाचारले दिएको तनावबारे शब्दमा भन्न सकिन्न त्यसलै हामीले न्याय चाहेका होैं , प्रतिक्षारत छुं अहिले सन्तुष्ट भईसकेको छुईन ।’ —उनले स्पष्ट पारे । न्यायको लागि कानुन बमोजिम लडाई जारी राख्ने झाको कथन थियो ।

यस्तो छ प्रेस काउन्सिलको पत्र

 



domain register price