सिरहाको कल्याणपुर न.पा. स्थित प्रदेश सांसद मण्डलद्धारा बृक्षारोपण ।

 बिनोद ठाकुर     ३ भाद्र २०७७, बुधबार १३:५७     245 जनाले पढ़िसके


मुस्कान न्यूज डेस्क, सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका आज तिनवटा वडामा बृक्षारोपण कार्यक्रम सम्मपन्न भएको हो । आज सम्पन्न बृक्षारोपण कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्रदेश नम्बर २ सिरहा क्षेत्र नम्बर ४ (ख) बाट निर्बाचित एवं प्रदेश सांसद तथा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डलले गर्नु भएको छ । नेपालमा पाईने विभिन्न प्रजातिका बृक्षारोपण गरिएको हाम्रा संवाददाता शीतल झा ले जानकारी दिनु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १ को संचिरैया, वडा नम्बर १० को बङ्गठिया र वडा नम्बर ११ को ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा बृक्षारोपण गरिएको हो । मानिसहरुले आफुले स्वच्छ वातावरणमा जिवन जिउनको लागि हरेक ब्यक्तिले घर घरमा बृक्षारोपण गर्नुपर्ने बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री मण्डलले बताउनु भएको छ । बृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टीका कल्याणपुर नगरका अध्यक्ष रामबावु यादब, कल्याणपुर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष जयराम कामति, कल्याणपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डल र समाजिक अभियन्ता धिरज मण्डल र मन्नु मण्डलको समेत सहभागि रहेको थियो ।



domain register price