बाटोको बिषयमा बिबाद हुँदा सिरहाको अर्नमामा एक महिलाको मृत्यु ।

 बिनोद ठाकुर     ३ भाद्र २०७७, बुधबार १४:४१     825 जनाले पढ़िसके


मुस्कान न्यूज डेस्क, सिरहा । सिरहाको अर्नमा गााउपालिकामा कुटपिटबाट एकजना महिलाको ज्यान गएको छ । अर्नमा गााउपालिका ५ स्थित रहेको बाटोको बिषयलाइ लिएर एक आपसमा पहिला समान्य गालीगलौज भएको थियो । तर पुरानै रिसिबिको कारणले समान्य झगडा पनि उग्र रुप लिएपछि घटना घटेको हो । बिपक्षीले फलामको रड र बाँसको फट्टा लिएर हान्दा उक्त महिलाको अनुहार र शरीरको भित्री भागमा चोट लाग्दा गम्भीर घाएते भएकी स्थानीय ५० बर्षिय सितादेबीको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता बिनोद घिमिरेले जनाउनुभयो । गम्भीर घाएते महिलाको उपचारको लागी सिरहा अस्पताल सिरहामा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ र यता घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले कुटपिटमा संलग्न अर्नमा गाउपालिका ५ को ४७ बर्षीय बालदेब शाह, सोही स्थानको ३८ बर्षीय कमलेश राउत, ४६ बर्षीय लिला देबी राउत र २२ बर्षीय सुलेखा राउतलाइ नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।



domain register price