रेडियो मुस्कान सफलतापूर्वक तेस्रो वर्षमा प्रवेश ।

 बिनय यादब ।     ७ आश्विन २०७७, बुधबार २१:४०     142 जनाले पढ़िसके


मुस्कान न्यूज डेस्क, असोज ७ सिरहा ।  सिरहा सदरमुकामबाट प्रसारित रेडियो मुस्कान ९६ थोप्लो ५ मेगाहर्ज सफलता पूर्वक तेस्रो वर्षमा प्रवेश गरेको छ ।

झा ब्रदर्श मिडिया हाउस प्रालिद्वारा सञ्चालित रेडियो मुस्कान आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको हो । रेडियो मुस्कानले कोरोना कहरका कारण फरक तरिकाले यसवर्षको वार्षिकोत्सब मनाएको छ ।

कोरोनाका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै ठूला भीडभाड हुने कार्यक्रम नगरी विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सिमित सहभागितामा वार्षिकोत्सब मनाइएको हो ।

वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरिक भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सञ्चार राज्यको चौथो अंङ्ग भएकाले संचार क्षेत्रले समाजमा खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले रेडियोबाट प्रसारण हुने शैक्षिक, कला, साहित्यक, सांकृतिक, ज्ञानबद्र्धक कुराहरुले समाजमा सचेतना फैलाएको बताए ।

प्रजिअ कणेलले रेडियो मुस्कानले यस क्षेत्रमा पुर्याइरहेको योगदानको कदरसमेत गरे । यस्तै, पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले संचारकर्मीले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको सूचना समाचारको रुपमा प्रसारण प्रकाशन गरे समाचार सत्यतथ्यमा आधारित हुने धारणा राखे । उनले जनतालाई सत्य, तथ्य र प्रगतिको पथमा अगाडी बढ्न मद्घत पुग्ने सूचना प्रवाह गर्नु नै सञ्चार क्षेत्रको मुल भूमिका रहेको बताए ।

झा ब्रदर्श मिडिया हाउस प्रालिका अध्यक्ष सितल झाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो ।



domain register price