सिरहामा ट्याक्टरले ठक्कर दिँदा १ घाईते !

 दुर्घटना     २१ माघ २०७५, सोमबार १६:४३     42 जनाले पढ़िसके


सिरहा, १६ माघ । सिरहामा ट्याक्टर दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन् । सिरहा-चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको सिरहा नगरपालिका ११ स्थित पदमपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाईते भएको हो ।

सिरहाबाट चोहर्वा तर्फ आउँदै गरेको स १ त ५८१४ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको स १ प ६१३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिरहाको कल्याणपुर न. पा. १० प्रचिलबाका ३४ वर्षीय देवशरण मण्डल घाईते भएका हुन् ।

ट्याक्टर तीव्र गतिका कारण अनियन्त्रित भई ठक्कर दिएको पीडितको भनाईलाई उदृत गर्दै प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक भने फरार छन् भने खोजीकार्य तीव्र पारिएको र  सोही घटनामा संलग्न रहेको भन्दै चोहर्वाबाट सिरहा तर्फ आउदै गरेको ट्याक्टरलाइ अनुसन्धानका लागि घटनास्थल बाटै नियन्त्रणमा लिएको ईप्रका बिष्णुपुरले जनाएको छ । नियन्त्रणमा लिएको टयाक्टर पनि अनियन्त्रित भइ मण्डललाई ठक्कर दिएको पीडितको भनाइ छ ।

सिमित गतिमा मात्र चलाउन पाइने ट्याक्टरको पछिल्लो समय सडकबाटोमा मनोमानी बढेको छ ।