सिरहाको मिर्चैया स्थित स्वस्तिक पाठशालामा पनि भव्यताका साथ सरस्वती पूजा मनाइयो ।

 सिरहा     २८ माघ २०७५, सोमबार १०:३२     82 जनाले पढ़िसके


दिलीप सहनी ः
सिरहा , माघ २८ । सिरहाको विभिन्न सरकारी तथा संस्थागत निजी विद्यालयहरूमा भव्य रुपमा हंस वाहिनि माता सरस्वतीको पूजा आराधना गरिएको छ ।
सोही अवसरमा मिर्चैया स्थित स्वस्तिक पाठशालामा एक समारोह बिच सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरि सरस्वती पूजा मनाइएको छ ।

त्यस्तै आउदो नयाँ शैक्षिक सत्र बाट कक्षा ११ र १२ को लागि मानविकी , विज्ञान र संकाय विषयहरुमा पठनपाठन हुने गरी २४ कोठे नवनिर्मित भावनको समुन्नति गरेको विधालयका सहायक प्रधानाध्यापक लक्ष्मण गिरीले बताए।
उनका अनुसार विद्यालयका विभिन्न शिक्षकहरुलाई यस वर्षको उत्कृष्ट शिक्षक रहेको भन्दै विभिन्न विधा अवार्ड र मायाको चिनो प्रदान समेत गरिएको उनले भने। सांस्कृतिक कार्यक्रममा जनचेतनामूलक कमेडी , नृत्यनाटक तथा गीतहरू प्रस्तुत गरि दर्शकरूपी विभिन्न अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।


विधालयका संस्थापक महेश्वर बहादुर कार्कीले सभापतित्व गरिरहेको कार्यक्रमा सांस्कृतिक कार्यक्रमको निरीक्षण गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सांसद लीलानाथ श्रेष्ठले अभिभावक , शिक्षक र विद्यार्थीलाई शिक्षामा विशेष ध्यान दिई अगाडि बढ्न सुझाव दिए ।
विधार्थीलाई अनिवार्य रुपमा प्रत्येक दिन विद्यालय आई मनलगाएर अध्ययन गर्न र घरमा कम्तीमा ३ घण्टा पढ्न अनुरोध गर्दै अभिभावकलाई समेत आफ्ना छोराछोरीको पढाइ प्रति विशेष ध्यान दिन आग्रह गरे ।शिक्षकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी क्षमतावान विद्यार्थी बनाउन निर्देश समेत दिए ।
त्यसैगरी माड़रको ब्रझ स्कूलमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा भव्य रुपमा मनाएको कुरा विधालयका प्रधानाध्यापक नागेन्द्र माझीले बताए