विराटनगरमा विप्लवको बन्दको प्रभाव, शैक्षिक संस्था प्रभावित

 संवाददाता    ३० फाल्गुन २०७५, बिहीबार १७:३०     96 जनाले पढ़िसके


विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आह्वान गरिएको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव पारेको छ । सरकारबाट आफ्ना कार्यकर्ता माथि भइरहेको धरपकड बन्द गर्न र पक्राउ परेका कार्यकर्ताहरुको रिहाइको माग राख्दै विप्लव समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेको थियो । नेपाल बन्दको आह्वान गरे पश्चात अन्य ठाउ जस्तै विराटनगरमा पनि जनजीवन प्रभावित भएको छ ।आज बिहानै देखि विराटनगरमा यातायातका साधन केहि मात्रामा मात्रै चलेका पाइएको छ । विषेशगरि लामो दुरीका सवारीसाधन प्रभावित भएका छन् । विराटनगरमा  कल कारखाना, पसल भने खुला नै रहेको छन् तर शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् ।