एसईईको परिक्षाफल सार्वजनिक, यस्तो छ हेर्ने तरिका ।

 सिरहा     १२ असार २०७६, बिहीबार १७:०५     46 जनाले पढ़िसके


 

मुस्कान समाचार डेस्क ।

काठमाडौं, १२ असार ।

गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को परिक्षाफल आज  सार्वजनिक भएको छ । केहीबेर अघि बसेको परीक्षा समितिको बैठक सम्पन्न भए लगतै एसईईको नतिजा सार्वजनिक गरिएको हो । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो। परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।  नतिजा हेर्नका लागि शिक्षा मन्त्रालयको वेवसाईड www.moe.gov.np  शिक्षा विभागको वेवसाईड www.doe.gov.np परीक्षा नियन्त्रण कार्यालयको वेवसाईड www.see.gov.np

र ,www.see.ntc.net.npwww.neb.gov.npबाट नतिजा हेर्न सकिनेछ ।