सिरहामा दुई वर्ष भित्र २ सय २८ जनाले गरे आत्म हत्या ।

 सिरहा     २६ असार २०७६, बिहीबार १७:१५     70 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा, सिरहा २६ असार ।

गत दुई वर्ष भित्र सिरहा जिल्लामा २ सय २८ जनाले आत्महत्या गरेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले उपलब्ध गराएको तथ्यांकमा झुण्डिएर , विष सेवन तथा आगो लगाई आत्महत्या गर्नेहरुको संख्या २ सय २८ रहेका छन । उपलब्ध तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा ९३ जनाले आत्महत्या गरेका छन जस मध्ये ४० जनाले झुण्डिएर आत्महत्या गरेका छन भने २२ जनाले विष सेवन गरि आत्महत्या गरेका हुन । सो मध्ये ६२ जना महिला एवं ३१ जना पुरुष रहेका छन । त्यसै गरि चालु आर्थिक वर्ष २०७५÷७६ मा ५२ जना पुरुष तथा ८३ जना महिला गरि जम्मा १ सय ३५ जनाले आत्म हत्या गरेको तथ्यांकमा उल्लेख छ । तथ्याँकमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा १ जना महिलाले आगो लगाई आत्महत्या गरेको छ भने ४७ महिला तथा ३८ जना पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन । त्यस्तै ३५ जना महिला तथा १४ जना पुरुषले विष सेवन गरि ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।