‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ १० लाखको बजेटमा ३ लाखको काम , ७ लाख साँसद साहको कार्यकर्ताको गोजीमा ।

 जनकपुरधाम     २६ असार २०७६, बिहीबार २३:३९     36 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।

२६ असार ,जनकपुरधाम ।

नेपालीको एउटा उखान छ ‘गर्नेलाई भन्दा देख्नेलाई लाज ’ यहि हालत छ अहिले जनकपुरधाममा जारी रहेको विकास निर्माणको कामहरुको । यसकै पछिल्लो उदाहरण हो जनकपुरधाम रेल्वे स्टेशन नजिकको जलाध नदीमा जारी रहेको कल्भर्ट निर्माणको काम । धनुषा क्षेत्र नम्बर ३(क) का सांसद परमेश्वर साहको संसदीय कोषको रकमबाट निर्माण हुन लागेको सो काम देखेर देख्नेलाई लाज लाग्न थालेको छ ।

‘गर्नेहरु निर्लज्ज भए उनीहरुले आत्मा नै बेचिसके , १० लाखको काम हो यो , तीन वटा ह्युम पाईप र दुई चार सय ईट्टा एक दुई बोरा सिमेन्टको लिपापोती र एक टिपर माटो राखेर सो कल्र्भट निर्माण सम्पन्न हुन लागेको छ ’ — भन्छन स्थानीयवासी मोहम्मद रैयाम । उनी भन्छन ‘ ई सब ठिकदारोसँ बेसी नेता आओरके गुण्डा हई , आ नेतासभ गुण्डाके पोसेके लागि बजेट देने हई कि अपन क्षेत्रके जनताकेलेल आब त हमरासुनके लाज लागे लागल लेकिन एकरासुनके कोनो लाज न हई । ’— स्टेशन एरिया निवासी राजु पजियारको दुखेसो छ । यस्तो गुणस्तरहिन काम हुँदा पनि स्थानीयवासीहरुले किन विरोध गर्दैनन भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै उनी भन्छन —‘ हामीले विरोध गरेरै के नै गर्न सक्छौ र , एक त विरोध गर्न गए पैसाको लागि विरोध गरेको हो भन्दै उल्टै गोनर ओढाउने गरेका छन भने उनीहरु नेताको मान्छे हो हामी आप्mनो रोजी रोटीमा लागेका छौ , हामीले त नेतालाई भोट दिएर जनप्रतिनिधी बनाई सकेका छौ अब त उनीहरुको दायित्व छ नि हैन र , समय धेरै नै खराब चलिरहेको छ , विरोध गरेर दुस्मनी मोल लिने हिम्मत यहाँ कसैमा छैन ’ ।

बढिमा दुई लाख खर्चेर १० लाखको बजेट पचाउन लागिएको प्रष्ट देखिएको छ । साँसदहरुले पनि आफनो कार्यकर्ताहरु पाल्नकै लागि बजेट बाँडेको आरोपहरुलाई यसै प्रकारको कामहरुले पुष्टि गर्ने गरेको छ । ‘साँसदहरुले बजेट दिनु पर्छ कार्यकर्तालाई नै दिनु पर्छ तर कार्यको अनुगमन जरुरी छ त्यो पैसा कुनै साँसदको बपौटी हुँदैन नि जनताले नै तिरेको करको रकम न हो त्यो तसर्थ साँसदहरुले जनतासँग बेईमानी गर्न पाउँदैनन , दुखद छ । ’ — बताउंछन नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र ।  स्थानीयवासी जाग्नुको विकल्प नै नरहेको बताउँदै उनी भन्छन ‘ परदर्शिता ,जवाफदेहिता र दीर्घकालीन विकासको लागि जनतामा जागरुकता आउनु आवश्यक छ तर दुर्भाग्य यहाँ जनतालाई जगाउने नेताहरु नै चोर भए , आफनो कोषको रकमको ठाडो दुरुपयोग गरिरहेको कार्यकर्ताहरुलाई प्रश्रय दिनुले नेताहरुलाई नाँगोझार पारेको छ । ’ तथापि  विस्तारै जनता अब सचेत हुँदैछन र भविष्यमा यस्ता नेताहरुको पहिचान गरेर जनता अगाडि बढ्नेमा आफु विश्वस्त रहेको नागरिक समाजका अगुवा मिश्राको कथन छ ।

रकम निकासा देखि निर्माण सम्मको काम १३ दिन भित्रै सम्पन्न गर्नु पर्ने सार्वजानिक कार्यालयबाटै प्रकाशित सूचनाले नै संस्थागत भ्रष्टाचारले जडो गाड्दै गएको प्रष्ट भएको उनी स्पष्ट पार्छन । जता ततै कमिशनको खेल , बिचोलियाहरुको बिगबिगीले यस क्षेत्रको भविष्य कता जाने हो भन्ने उनको चिन्ता छ । यस सन्दर्भमा साँसद परमेश्वर साहसंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।