सिरहामा एक वर्ष भित्र १ सय ३८ लागुऔषध कारोवारी पक्राउ ।

 सिरहा     २७ असार २०७६, शुक्रबार १९:१२     23 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा, सिरहा २७ असार ।

सिरहा जिल्लामा लागु औषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरको संख्या ह्वात्तै बढेर गएको छ । एक वर्षको अवधिमा जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लागु औषध सहित १ सय ३८ जनालाई पक्राउ गरेको तथ्यांकले देखाएको भएपनि यो संख्या लागुऔषधको कारोवारीहरुको मात्रै रहेको जनाईएको छ । लागु औषधको प्रयोगकर्ताहरुलाई समय समयमा पक्राउ गर्ने गरिए पनि उनीहरुलाई समान्य कारवाही गरि छोड््ने गरिएको छ ।

लागु औषध प्रयोगकर्ताको संख्या यकिनका साथ भन्न नसकिए पनि यीनीहरुको संख्या दिनानुदिन बढ््दै गएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ । यता लागु औषध ओसार पोसार गर्नेहरुको संखया संख्यामा पनि बृद्धि भईरहेको जिप्रका सिरहाको तथ्यांकले नै पुष्टि गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा १ सय ३८ जनालाई पक्राउ गरिएको छ भने सो मध्ये १०६ जनामाथि मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाईएको जिप्रका सिरहाका प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिएका छन ।

सो मध्ये ९ जना फरार रहेको र बाँकी २३ जनालाई यथोचित प्रमाण नजुट््दा साधारण तारेकमा छाडिएको बताईएको छ । बोहराले दिएको जानकारी अनुसार यस पक्राउ परेकाहरुको साथबाट २३६ एम्पुल फोर्टवीन , १० हजार भन्दा बढि नाईट्रोभाट चक्कि , ४२४ वटा नाईट्रोसनको चक्कि , १९ एम्पुल डाईजेपाम , ७५ एम्पुल स्पास प्रोकरण , २७० ग्राम खैरो हिरोईन , २१ एम्पुल पेन्टल्याप , १ हजार ६९ स्पास्मो प्रोक्सिभन , १ सय २ एम्पुल लुपजेसिक , २७० ग्राम हिरोईन , ६ सय ७५ एम्पुल डाईजील्याप , , ४ सय ५० एम्पुल नोफिन , १ हजार ५ सय ८७ एम्पुल फेनागर्न ८ एम्पुल पेरीमोन , ३२ चक्कि स्पास प्लस , ९ सय ९८ एम्पुल डाईलेक्स डीसी , ५ सय १७ केजी , ५ सय ३० ग्राम गाँजा , तीन बोतल फैन्सीडील , १७ ग्राम १ सय ६० मिलिग्राम तथा ८ किलो ७ सय ३५ ग्राम चरेश बरामद गरिएको छ ।