‘नेह लगाक ’ आइतवार राति रिलिज हुने , मैथिली गीत प्रेमीहरुको मनछुने मोडेल शशीको विश्वास ।

 सिरहा     १२ श्रावण २०७६, आईतवार १२:०८     71 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा,सिरहा १२ साउन ।

एक दर्जन भन्दा बढि मैथिली एलबमहरुमा मोडेलको भूमिका निर्वाह गरिसकेका श्याम शशी फेरि पनि बहुचर्चित एल्बम ‘नेह लगाक’ मा मोडलिंग गर्ने भएका छन । मोडेल शशीको सो एल्बम आइवार राति रिलिज हुने भएको जनाईएको छ । अरुण , विजय , ईशिका भूजेल सहितका गायक ÷गायिकाहरुको गायन रहेको सो नेह लगाक अडियो भिडियो एल्बम किरण म्युजिक स्टीडियोमा रेकर्ड गरिएको हो । रुपेश सिंहद्वारा निर्माण गरिएको सो एल्बमको छायाँकन गजेन्द्र गजुरले गरेका छन भने बीए पटेको शब्द रहेको छ । एकै साथ सिडी तथा यु ट्युब च्यिानलमा समेत रिलिज हुन लागेको नेह लगाक मैथिली एल्वमले मैथिली गितप्रेमीहरुको मनछुने विश्वास मोडेल शशिको रहेको छ । रिलिज हुनु अघि ने समाजिक संजालमा यस एल्बमबारे व्यापक रुपमा चर्चा परिचर्चा भईरहेकोले गीत प्रेमीहरुले यस एल्बमको प्रतिक्षा गरिरहेका छन । स्मरणीय छ कि मैथिली अडियो भिडीयो क्षेत्रको विकासमा यस प्रकारको कामहरुले उल्लेखनीय योगदान पु¥याउने गरेको छ ।