भरुवा बन्दुक सहित दुई पक्राउ ।

 सिरहा     १२ श्रावण २०७६, आईतवार १४:५७     60 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा, सिरहा १२ साउन ।

जिल्लाको कल्याणपुर नगरपालिका प्रचिलवाबाट प्रहरीले दुई जनालाई हतियार सहित पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका वडा नम्बर १० निवासी सुकना मण्डलको १९ वर्षिय छोरा मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ३ बस्ने कारी मंसुरीको २४ वर्षिय छोरा मो.जाकीर मंसुरीलाई प्रहरीले शनिबार राति साढे ११ बजेको समयमा पक्राउ गरेको हो ।

बी आर ३२ क्यु १३८० नम्बरको मोटरसाईकल चढि घुमफिर गरिरहेको प्रहरीले गोप्य सूचना पाएको आधारमा पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको दुबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । यीनीहरुमाथि हातहतियार खरखजाना अन्र्तगत मुद्दा चालाईने जानकारी जिप्रका सिरहाका प्रवक्ता एवं डीएसपी अपिल राज बोहराले जानकारी दिएका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लामो भरुवा बन्दुक बरामद गरेको छ ।