सिरहाको मखनाहामा .बाढिले बनाएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु ।

 सिरहा     १२ श्रावण २०७६, आईतवार १७:५४     30 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा, साउन १२,सिरहा ।

सिरहाको मखनाहा नगरपालिका वडा नम्बर ३ मखनाहा चौक नजिकको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मखनाहा निवासी मनोज दासको अन्दाजी ११ वर्षिया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिएका छन । प्राप्त जानकारी अनुसार आईतबार दिउँसो ३ बजेको समयमा घास काट्न गएकी काजलको बाढिले गर्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । बालिकालाई डुबेको देखेपछि स्थानीयहरुले तत्काल उनलाई मखनाहा चौक नजिकै रहेको चन्द्र नारायण मेमोरियल अस्पतालमा उपचारको लागि पु¥याएका थिए र त्यहिँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन ।