उत्तरवाहिनी मेलामा पार्किङ्गको नाउँमा युवा क्लबको मनोमानी असुलि, सम्बन्धित निकाय मौन ।

 सिरहा     २० श्रावण २०७६, सोमबार १६:५७     45 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा ,२० साउन, सिरहा ।

धनुषा र सिरहाको सीमा क्षेत्रको बन्दीपुरको प्रसिद्ध कमला नदीको उतरवाहिनी मेलामा सवारी पार्किंगको नाउँमा साउनको सोमबाडी मेलामा स्थानीय युवाहरुले मेलाभर्न आउने भक्तजनहरुसंग मनोमानी रकम असुल्ने गरेको पाइएको छ ।
साउन महिनाको आईतवार साँझ देखि नै उतरवाहिनीमा ठुलो मेला लाग्ने गरेको छ । कमला नदीमा जल भरेर सिरहाको सारस्वरनाथ , टुटेश्वरनाथ , नाभेश्वरनाथ, कल्याणेश्वरनाथ शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ । सो जल भर्न महोत्तरी , धनुषा , सिन्धुली , रामेछाप र भारत बिहारको मिथिलाँचल क्षेत्रका भक्तजनहरुको ठुलै संख्या उतरवाहिनी आएर जल भर्ने गरेका छन । सो क्रममा भक्तजनहरुले ल्याएको मोटरसाईकल लगायतका विभिन्न सवारी साधनको पार्किंगको नाउँमा स्थानीय उतरवाहिनी युवा क्लब सम्बद्ध युवाहरुले रकम असुलेर ठग्ने कार्य गरिरहेको भक्तजनहरुको आरोप छ । एउटा मोटरसाईकलको २० रुपैयाको रसिद काट्ने गरिए पनि बाहिरका पाहुनाहरुसंग मनोमानी तरिकाले कुनै कुनै सवारीको पाँच सय सम्म रकम असुल्ने गरेको भारतका सुरसण्ड निवासी रामु साहले गुनासो गरेका छन ।
युवा क्लबले आप्mनै नाउँमा छापेको पार्किंग रसिद काटेर अवैध रुपमा रकम असुल गर्ने गरेको भएपनि मेला समिति र स्थानीय प्रशासन भने मुकदर्शक बनेर टुलुटुलु हेरेर बस्दा भक्तजनहरु मारमा परेका हुन ।
एका तर्फ मेलामा स्वयंसेवकको भूमिका निर्वाह गर्ने सामाजिक संस्थाको रुपमा रहेको युवा क्लबको यस कार्यले मेला भर्न आउनेहरु मन मलिन मात्र होइन उतरवाहिनी प्रतिको नकारात्मक प्रभाव लिएर फर्किने गरेका छन ।
बिहारको बेनिपट्टी निवासी शिव झक्त रामेश्वर कामतीले सवारी पार्किंगको नाउँमा एउटा टाटा सुमोको पाँच सय रुपैया ठगेको आरोप लगाए । उनले भने —‘ हामीलाई दुख लागेको छ , हामी टाढाबाट आएका हौं , पाहुना हौं तर हामीसँग ठगि गरेको देखेर आफुहरुलाई दुखित बनाएको छ । ’
स्थानीय निकाय संग बिना कुनै जानकारी नै पार्किंगको नाउँमा रकम उठाउनु अवैध रहेको छ भने सोको नियमन गर्ने निकायहरु कानमा तेलहालेरै सुतेकोले यस्तो समस्या उत्पन्न भएको मेलामा सहभागिहरुको कथन छ ।
नदी किनारको खुला क्षेत्रमा पार्किंगको नाउँ रकम उठाउनु आफैमा आश्चर्यजनक रहेको भएपनि युवा क्लबह्रुको ठाडो दादागिरी र मनोमानी रोक्नु पर्ने अन्यथा युवा क्लबको यस दादागिरीले उतरवाहिनी मेलाको व्यवस्थापन माथि नै प्रश्न उठेको छ ।