मोटरसाईकल र स्कारपियो सहित भन्सार छलिका समान सिरहा प्रहरीको नियन्त्रणमा ।

 सिरहा     २० श्रावण २०७६, सोमबार १७:०३     104 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा ,२० साउन, सिरहा ।

भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको किरानाका समानहरु सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिकाको वडा नम्बर ३ मखनाहा स्थित वडा कार्यालय ‘ख’ सिरहाबाट खटेको गस्ती टोलीले चेक जाँचको क्रममा कल्याणपुर नगरपालिका १२ वस्ने वर्ष ५० को सरीफ राइनलाई एउटा स्कारपियो गाडी सहित समानहरु नियन्त्रणमा लिएको जनाएको छ ।

 

बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोलाई समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहराले बताए । बोहराले दिएको जानकारी अनुसार सो स्कारपियो भित्र नै लुकाएर राखिएको करिब १० हजारको समान नियन्त्रणमा लिईएको हो ।

त्यसै गरि जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ७ ट्रापिक नजिक जिप्रका सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा मिर्चैया वडा नम्बर ५ निवासी ४५ वर्षिय विष्णु देव महतोले चलाईरहेको स १ प ९२०२ नम्बरको मोटरसाईकला भन्सार छलेर लुकाई राखिएको करिब ३५ सयको किराना समानहरु नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएको सम्पुर्ण समानहरु जिल्ला भन्सार कार्यालय माडरमा बुझाईएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बोहराले दिएका छन ।