२५ लाखको स्कर्पियो सहित ५० कार्टून मदिरा सिरहा प्रहरीको नियन्त्रणमा ।

 सिरहा     २५ श्रावण २०७६, शनिबार १८:३९     38 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।

सितल झा ,२५ साउन, सिरहा ।

सिरहा जिल्लाको बरियारपट्टी स्थित ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटेको टोलीले २५ लाखको स्कर्पियो र त्यसमा लुकाएर भारत तर्पm लैजाँदै गरेको ५० कार्टुन सोफी मदिरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईए अनुसार एच आर ६६१४८७ नम्बरको स्कर्पियो गाडीलाई चेक जाँच गर्दा गौरव सोफी नामको करिब ५० हजार मुल्य बराबरको मदिरा नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय ठाडीमा बुझाएको छ । विज्ञप्तिमा स्कर्पियोको मुल्य करिब २५ लाख बराबर रहेको जनाईएको छ भने मदिरा करिब ५१ ह्जारको रहेको उल्लेख गरिएको छ । त्यस्तै शुक्रबार राति नै ईलाका प्रहरी कार्यालय लहानबाट खटेको गस्ती टोलीले भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ बोरा सुर्ती नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको समानहरु जिल्ला भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहराले दिए ।  यस अघि विहिबार जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नगरपालिकाको सारस्वरनाथ स्थित दुई व्यापारीलाई मलखादको कालोबाजारी गरेको आरोपमा पक्राउ गरेको छ भने मलखादहरु समेत बरामद गरेको छ । प्राप्त जानकारी अनुसार सारस्वरनाथ स्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका संचालनक ४२ वर्षिय सन्तोष प्रसाद गूप्ता तथा अनिल खाद एव जेनरल स्टोलका संचालक ४५ वर्षिय भागिरथ साहलाई मलखादको कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको छ । सो पसलहरुमा कागज पत्र बिना मलको डिपो संचालन गरि मल खाद विक्री वितरण गरि कालोबजारी गरिरहेको विशेष सुराकीको आधारमा बेल्हाबाट खटेको गस्ती टोलीले व्यापारीहरुलाई पक्राउ गरेको हो । प्रहरीले गुप्ताको पसलबाट  २२ बोरा युरिया , ४ बोरा डीएपी तथा हिरा मल २ बोरा , सरदार मल १ बोरा र पोटास १ बोरा बरामद गरि नियन्त्रणमा लिएको छ भने भागिरथको पसलबाट १४ बोरा युरिया , १ बोराम डिएपी र खुल्ला ३ पोका खाद समेत नियन्त्रणमा लिईएको जनाईएको छ ।