लागु औषध र विदेशी मुद्र सहित दुई जना सिरहा प्रहरीको नियन्त्रणमा ।

 सिरहा     २८ श्रावण २०७६, मंगलवार १५:५८     38 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा,२८ साउन, सिरहा ।

सिरहा प्रहरीले चेक जाँचको क्रममा एउटा भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगरपालिका १ खजनपुरिया टोल स्थित प्रहरी चौकीबाट खटि गएको टोलीलाई देख्ने बितिक्कै एक जननाले भरुवा बन्दुक छोडेर भागेको जनाईएको छ । नाम थर खुल्न नसकेको व्यक्तिले बोकेको लोडेड बन्दुक बरामद गर्न प्रहरी सफल भएको हो । प्रहरी निरिक्षक कुमार घिमिरेको कमाण्डमा रहेको प्रहरीले बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिल राज बोहराका अनुसार फरार व्यक्तको खोजी कार्य तिब्र रुपमा भईरहेको छ ।

त्यसै गरि सिरहा प्रहरीले जिल्लाको गोलबजार स्थित आयुष बस काउन्टर नजिक राखिएको ना ८ खा ५८३७ नम्बको राजबिराजबाट काठमाण्डौ चल्ने रात्रीबसबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । बसका संचालक गोलबाजर नगरपालिका ४ निवासी वर्ष ४५ को धनिकलाल साह र सोही ठाउँका ४० वर्षिय मनोज कुमार साह बीच विवाद भई झगडा भएको थियो त्यस पछि त्यहाँ प्रहरील पुगेको बताईएको छ । पक्राउ गरिएपछि मनोज कुमार साहले बोकेको झोला भित्र लागु औषध , विदेशी पैसाहरु फेला परेको जनाईएको छ । पक्राउ परेका साहको साथबाट डाईलेक्स डीसी १०० एमएलको सिसि एक थान , १९ पिस नाईट्राभेट , ३१ ह्जार नगद नेपाली रुपिया , भारतीय रुपैया ४ हजार ३ सय २० , अमेरिकन डलर १को एक थान दुबईको पाँच रुपियाको दुई थान सहितका समानहरु बरामद गरेको बुझिएको छ । पक्राउ गरेकाहरुलाई ईलाका प्रहरी कार्यालय गोलबाजारमा राखि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।