सिरहाको दोहोटियाबाट खैरो हिरोइन सहित दुई पक्राउ ।

 सितल झा ।     ११ भाद्र २०७६, बुधबार १६:४१     41 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । ११ भदौ, सिरहा ।

सिरहा प्रहरीले दुई जनालाई लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको गस्ती टोलीले आज १०:३० बजेको समयमा बिशेष सूचनाको आधारमा दोहोटिया बस्ने वर्ष २१ को भरत पासवान र सोही ठाउँ बस्ने वर्ष २२ को बिरेन्द्र यादवलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी  कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी अपिल राज बोहोराले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुले घरमा लुकाई छिपाइ राखेको प्लाष्टिकको पोकामा तयार पारि राखेको ठुलो पोका १ थान र सानो पोका ८९ थान खैरो हिरोइन बरामद गरेको हो । त्यसै गरि उनीहरुको खान तलाशी गर्दा २० हजार ७ सय ६० नेपाली नगद तथा १ हजार सात सय भारतीय रुपैया नगद एवं १ थान मोबाईल समेत फेला परेको जनाईएको छ । पक्राउ परेका यादव तथा पासवानलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेर लागु औषध मुद्दा अन्तर्गत अनुसन्धान अगाडि बढाईएको जनाईएको छ ।