१५ सय लिटर अवैध मदिरा सिरहा प्रहरीद्वारा नष्ट ।

 सितल झा ।     ११ भाद्र २०७६, बुधबार १८:१२     44 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । ११ भदौ , सिरहा ।

सिरहा प्रहरीले भन्सार छलेर नेपाल भित्रियाउँदै गरेको हजारौ मुल्यको किराना समान नियन्त्रणमा लिएको छ । ईनर्वा प्रहरी चौकीबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा आज बिहान ३९ हजारको समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको छ । त्यसै गरि गोलबजार स्थित गोलबजार चौकीबाट खटेको गस्ती टोलीले हजारौ मुल्य बराबरको अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहराले दिएको जानकारी अनुसार पाँच सय लिटर मदिरा बनाउने कच्चा पदार्थ तथा एक हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । स्थानीय वडाध्यक्ष तथा पत्रकारहरुको रोहबरमा मदिरा नष्ट गरिएको जनाईएको छ । ज्ञातव्य छ कि गोलबजार , लहान ,चौहर्वा लगायतको क्षेत्रमा अबैध घरेलु मदिरा बनाउने विक्री वितरण गर्नेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।