चीनीया दबावमा राजपा र समाजवादी पार्टी विच एकताको प्रयास हुदै ।

 एजेन्सी     ११ भाद्र २०७६, बुधबार २१:३०     49 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा,भाद्र ११ गते ।

चीनीया दवाबमा राष्ट्रिय जनतापार्टी र समाजवादी पार्टी विच एकता प्रयास भइरहेको छ । चीनिया दवाब खेप्न नसकेर आगामी कार्तिक २८ देखि ३० सम्म गर्न लागेको महाधिवेशन पूर्व नै राजपा समाजवादी एक हुन लागेको हो । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो , शरतसिंह भण्डारी ,महेन्द्रराय यादव लाई चीनले मन्त्री बनाउने आश्वासन दिएर प्रलोभनमा पारी दुई पार्टीलाई एकिकरण गर्न लगाएका छन । मधेशको मुद्दा विर्सेर राजपाका नेताहरु चीनिया विश्वासपात्र डा. राजीव झासँगको छलफलमा पार्टी एकिकरण गर्न लागेको उच्च स्रोतको दावी छ । राजपाका नेताहरु पार्टी एकिकरण गरी बर्तमान सरकारमा सहभागि हुन चीनको लाईनवाट समाहित हुन लागेको स्रोतको भनाइ छ । अर्कोतर्फ सरकारमा लामो समयदेखि सहभागी नभएको राजपा आन्तरिक रुपमा राजनीतिक भविष्यलाई लिएर पनि चिन्तित छ । यस हिसाबले पनि डा. राजीव झा मार्फत राजपा समाजवादी पार्टी विच एकिकरण गरेर भएपनि प्रो चाइनिज लाइनमा आउने सम्भावना छ । यसका लागि राजीव झा खुलेरै लागेका छन् । अनि राजपा नेताहरुको चाहना पनि विस्तारै मिल्दै गएको बुझिएको छ । चीनिया स्वार्थमा हुने एकिकरणले ५६ जना मधेशी सहिदको सपना चकनाचुर हुने मधेश मामिलाका जानकारहरु बताउँछन ।