युवा नेता कर्णमाथि हातपात गर्ने असई र नारिवल बेच्ने रोशनलाई कुट्ने जवान प्रेमशंकरमाथि बिभागीय कारवाही गरिने प्रतिबद्धता ।

 सितल झा ।     १२ भाद्र २०७६, बिहीबार १९:१४     19 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । जनकपुरधाम, भाद्र १२ गते ।

जनकपुरधाममा युवा नेता एवं सामाजिक अभियन्ता शुशिल कर्णमाथि हातपात गर्ने जानकी मन्दिर परिसर स्थित पर्यटक प्रहरी चौकीका असई बिरेन्द्र यादव र नारियल बेच्ने रोशन चौधरीलाई कुटपिट गर्ने प्रहरी जवान प्रेमशंकर यादवलाई विभागीय कारवाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । बिहिवार दिउंसो जनकपुरधाम प्रहरी जवान यादवले नरिवल बेचेर गुजारा गर्दै आएका रोशन चौधरीसंग घुस माँग्दा रोशनले घुस नदिएपछि कुटपिट गरेका थिए । कुटपीट पछि रोशनले हार गुहार गरेपछि स्थानीय युवाहरुले घटनाबारे जानकारी लिंदै रोशनको भिडियो बनाएर सामाजिक संजालमा राखेपछि असई यादवले प्रहरी जवान प्रेमशंकरलाई कारवाही गर्नुको साटो पीडित रोशनलाई नै थर्काउँदै चौकीमा बोलाएपछि कर्ण सो सम्बन्धमा बुभ्mनको निम्ति चौकी पुगेका थिए । सो क्रममा शुशिलले केही बोल्नु अघि नै असई बिरेन्द्र यादवले कर्णमाथि जाईलागेको बताउँदै कर्णले भने —‘ पीडित के भएको भनेर बुभ्mन मात्रै के गएको थिएँ , बिरेन्द्र यादवले कालर समातेर चारै तिरबाट प्रहरीहरुले हातपात गरेको थियो । ’ ‘गाली गलौज गर्दै असई यादवले रोशनलाई जानकी चोक स्थित चियापसलबाट घिसारेर चौकी लगेको थियो भने हामी कसरी चुप लागेर बस्न सक्थ्यौं र घटना बारे बुभ्mन मात्र खोज्दा प्रहरीले ममाथि पनि जाईलागेको दुखेसो कर्णले पोखेका छन । त्यस पछि हामी बाध्य भएर विरोध प्रदर्शन गरेका छौं । कर्णकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरिएको थियो । सो क्रममा जानकी मन्दिर आसपास क्षेत्रका पसलहरु बन्द भएको थियो भने जनकपुरधामको अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारी तथा जिल्ला प्रहरी धनुषाका डीएसपी रामेश्वर कार्कीले तीन दिन भित्र असई बिरेन्द्र यादव तथा प्रहरी जवान प्रेमशंकर यादवलाई बिभागीय कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेपछि युवाहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेको युवा नेता कर्णले जनाएका छन । तीन दिन सम्म कारवाही नगरिए कडा आन्दोलन गेर्न चेतावनी समेत दिइएको छ ।