राष्ट्रिय झण्डाको अपमान गर्ने व्यक्तिमाथि कडा कारवाहीगर्नु पर्छ : नेता साह ।

 सितल झा     ३ आश्विन २०७६, शुक्रबार २०:३४     189 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा, असोज ०३ गते ।

राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम बिथोलेर लोकतन्त्र माथि प्रहार गरेको आरोप राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं सिराहा जिल्ला अध्यक्ष वैद्यनाथ साहले आरोप लगाएका छन । असोज ३ गते संविधान दिवसको अवसरमा जिल्लाको कल्याणपुर बजारमा आयोजित झण्डात्तोलन एवं दिपावली कार्यक्रम लाई राजपाका नेता कार्यकर्ताहरुले बिथोलेर नेपालको राष्ट्रिय झण्डामा लात्तिहानेर लोकतन्त्रको उपहास मात्र नभई राष्ट्रिय गौरवमाथि नै कुठाराघात गरेको अध्यक्ष साहको भनाई छ ।

 

 

उनले भने —‘ आज देशभर नै संविधानदिवस मनाईंदैछ , वर्षौको जनताको बलिदानले आएको गणतन्त्रमा संविधानदिवस मनाउनु नमनाउनु आ —आफनो स्वतन्त्रता भएपनि अन्य कसैको कार्यक्रम बिथोल्नुले शान्ति सुव्यवस्थामा नै असर पर्ने भएको हुँदा यस प्रकारको कार्य निन्दनीय मात्र नभई अपराधिक क्रियाकलाप हो , यस प्रकारको कार्य गर्ने माथि तत्काल कडा कारवाही गर्ने मांग गर्दछु । ’ कालो दिवस मनाउने अधिकार भएपनि संविधान दिवसमाआयोजित कुनै पनि कार्यक्रम बिथोल्नु पक्कै पनि जायज होइन भन्दै साहले भने —‘ हाम्रो पनि पार्टी छ हामी संग पनि कार्यकर्ता छन के हामी युद्ध गर्ने ?पक्कै होइन , हामीले लोकतान्त्रिक संविधानको कदर गर्छौ त्यसैले राष्ट्रिय झण्डामाथि लात्तिले हिर्काउने व्यक्ति कदापि यस देशको नागरिक हुनै सक्तैन तसर्थ यस्ता कुप्रवृतिको अन्त्यहुनु पर्छ । ’ आज साँझ कार्यक्रम चलिरहँदा राजपाका स्थानीय नेता रामबाबु यादवको नेतृत्वमा रहेका कार्यकर्ताहरुले अपराधिक चरित्र प्रदर्शन गर्दै राष्ट्रिय झण्डाको समेत अपमान गरिरहँदा प्रहरी पनि मुकदर्शक बन्नुले लोकतन्त्रकै उपहास भएको युवा संघका अध्यक्ष साहको कथन छ । स्मरणीय छ कि कल्याणपुर बजारमा आयोजित दिपावली एवं झण्डात्तोलन कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै केही व्यक्तिहरुले कार्यक्रम बिथोल्नुका साथै राष्ट्रिय झण्डाको समेत अपमान गरेको बुझिएको छ ।