सगरमाथा चौधरी आँखा अस्पतालमा कोर्निया सम्मेलन सम्पन्न ।

 मुकेश कुमार यादव     ८ मंसिर २०७६, आईतवार ०७:२९     80 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।

सिरहा ८ मंसिर – पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ ।

आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहज उपचार विधि अपनाउनको लागि युगाण्डा, बेलायतका विषय विशेषज्ञ सहित नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थी लगायत अधिराज्यभरिका आँखा उपचारमा संलग्न विषय विशेषज्ञहरुको उपस्थिति रहेको छ ।

 

सगरमाथा चौधरी आँखा अस्पतालले आँखा सम्बन्धी हुने सबै समस्यालाई उपचार गरिरहेको भए पनि कोर्नियामा हुने समस्याको संवेदनशीलता हेरेर सहज तरिकाले उपचार गर्नको लागि सम्मेलनको आयोजना गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

एशियाकै ठूलो सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको रोगीहरु उपचार गराइरहेको छ ।