स्वास्तिक पाठशालामाथी कानुनी कारवाही गर्ने चेतावनी ।

 सितल झा     १३ माघ २०७६, सोमबार ००:११     1322 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा, माघ १३ गते ।

सिरहा जिल्लाको मिर्चैया स्थित एक विद्यालयमा गृहकार्य नगरेको बहानामा निर्ममता पुर्वक कुटिएका छन । स्वास्तिक पाठशालाको कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ का १२ वर्षीय रितिक यादवलाई शिक्षक तारा कार्कीले निर्ममता पुर्वक कुटपिट गरेको बताइएको छ ।

नेपालि विषयको शिक्षक कार्कीको पिटाइले रितिकको हात भाँच्चिएको उनका काका देव कुमार यादवले जानकारी गराए । रितिक ६ वर्षदेखि विद्यालयको छात्रावासमा बसेर पढ्दै आएको बताउंदै यादवले भने , ” घटनाबारे पाठशालाका संस्थापक महेश्वर कार्कीसँग प्रतिक्रिया लिन फोन गर्दा फोन उठेन ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका देवकुमार यादवले बालबालिकालाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको बताए । उनले भने, ‘हातै भाँच्चिने गरी कुटपिट गरिएको छ । गृहकार्य नगरेको भन्दै बालबालिकालाई भौतिक सजाय दिन मिल्दैन ।’ उनले कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्नसमेत माग गरे । दोषी शिक्षकमाथी विद्यालयले कारवाही नगरे हामी कानुनी उपचार खोज्ने चेतावनी समेत उनले दिएका छन ।