सिरहाको मिर्चैया स्थित जुवा खेल्ने ११ जना प्रहरीको फन्दामा ।

 फिरोज शेख     १३ माघ २०७६, सोमबार ०१:३०     312 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा माघ १३ गते ।

सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका छन। मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहाबाट खटिएको गस्ती टोलीले जुवा तास खेलि रहेको अवस्थामा मिर्चैया नगरपालिका ६ बस्ने वर्ष २७ को नरेश झा,वर्ष २४ को सुरज कुमार साह,वडा नम्बर ८ बस्ने  वर्ष २४ को मनोज यादब,वर्ष २५ को राजाराम साह,वडा नम्बर ३ बस्ने वर्ष २३ को सरोज कुमार चौधरी,वर्ष २६ को जितेन्द्र साह,वडा नम्बर ५ बस्ने वर्ष २६ को बिनोद कुमार साह, वर्ष ३६ को बिनोद साह,वडा नम्बर ४ बस्ने वर्ष २९ को जितेन्द्र साह,वडा नम्वर २ बस्ने वर्ष २५ को श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ बस्ने बर्ष ३९ को श्याम सुन्दर साह रहेका छन। पक्राउ परेकाहरुको साथ बाट नगद ९६ हजार २९० नेपालि रुपैया, भारतिय रुपैया ४ हजार ८० र तास ३ बुक समेत बरामद गरिएको छ । साथै यस विषयमा  आवश्यक थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।