विद्यार्थीलाई निर्ममता पुर्वक कुटपिट गर्ने शिक्षक कार्की मिर्चैया प्रहरीको नियन्त्रणमा ।

 सितल झा     १४ माघ २०७६, मंगलवार ०३:०४     206 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क । सिरहा, माघ १४ गते ।

सिरहा जिल्लाको मिर्चैया स्थित एक विद्यालयमा गृहकार्य नगरेको बहानामा निर्ममता पुर्वक कुटिएका शिक्षक पक्राउ परेका छन । स्वास्तिक पाठशालाको कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ का १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै निर्ममता पुर्वक कुटपिट गर्ने शिक्षक ताराबहादुर कार्कीलाई मिर्चैया प्रहरीले पक्राउ गरेको हो।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएको छ भने कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको मिर्चैयाका प्रहरी इन्चार्ज डीएसपी सन्तु जैसवालले जानकारी दिए।

यस्तै घाइते विद्यार्थीपक्ष र पाठशालाका सञ्चालकबीच छलफल समेत भएको छ। अबदेखी विधालयमा समग्र व्यवस्थापन लगायत लठ्ठी निषेध गर्ने, तालिमप्राप्त शिक्षकबाट मात्र पठनपाठन गराउने र घाइते विद्यार्थीको उपचार खर्च विद्यालयले नै व्यहोर्ने सहमति भएको विद्यार्थीका काका तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका देवकुमार यादवले बताए।

स्वास्तिक पाठशालाका सञ्चालक महेश्वर कार्की संग पाठशाला सुधारका पक्षमा भएको छलफलपछि दुवै पक्षबीच सहमति भएको बताए। साथै रितिक ६ वर्षदेखि उक्त विद्यालयको छात्रावासमा बसेर पढ्दै आएको जनाए ।